२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा गिरावट

शेयर बजारमा गिरावट

625
Shares

काठमाडौं – साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ .२२ अंकले घटेर २,७५७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको १ करोड ६८ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोडको शेयर कारोबार भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij