२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट तेह्रथुम पावरको अवितरित हकप्रद शेयर बिक्री खुला

आजबाट तेह्रथुम पावरको अवितरित हकप्रद शेयर बिक्री खुला

1.8K
Shares

काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा आएको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री खुलाएको हो । यसमा बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता र बढीमा सबै कित्ता माग गर्न सकिनेछ। खरिदकर्ताले कम्तीमा १० हजार रुपैयाँको शेयर खरिद गर्नुपर्नेछ ।

यसमा इच्छुक व्यक्ति वा संघसंस्था सबैले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति आउँदो भदौ ३ गते रहेको छ।

बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नबिल बैंकको विराटनगर, विर्तामोड, विरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा पेश गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij