२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरियाले २०२५ का लागि ५३०० नेपाली कामदार माग्यो, आवेदन खुल्यो

कोरियाले २०२५ का लागि ५३०० नेपाली कामदार माग्यो, आवेदन खुल्यो

1.6K
Shares

काठमाडौं -दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। सन् २०२५ मा कृषि र उद्योग क्षेत्रका लागि ५ हजार ३०० जना कामदारको कोटा निर्धारण गरिएको छ ।

जसमा कृषि क्षेत्र अन्तरगत ३५०० र उद्योग क्षेत्रमा १८०० जना इपीएस भाषा उत्तीण गरेर कोरिया जाने बाटो खुल्नेछ । सूचनाअनुसार एक व्यक्तिले एक क्षेत्रमा मात्र फर्म भर्न पाउनेछन् ।

यही साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) ले जनाएको छ।

नेपालबाट सन् २००८ देखि इपिएस प्रणालीबाट श्रमिक लैजान थालेको हो। पछिल्ला वर्षहरूमा वार्षिक १० हजार हाराहारी नेपालीहरू लैजाँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij