२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकको एफपीओ बाँडफाँट

हिमालयन बैंकको एफपीओ बाँडफाँट

1.8K
Shares

काठमाडौं- हिमालयन बैंकको एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।

बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो शेयरमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बैंकको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँट गर्दा शेष भएको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँट गरिएको छ। यस अनुसार ९ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij