काठमाडौं – लक्ष्मी सनराइज क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेको छ। लक्ष्मी सनराइज बैंक कोष प्रबर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो।
कोष प्रवर्द्धक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्दै शुभ लम्मी कोषका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांशबापतको रकम पुनः लगानी गर्न सक्ने योजना पनि क्यापिटलले ल्याएको छ।
लाभांश वितरण गर्नको लागि साउन १२ गते बुक क्लोज गरिएको छ । साउन १२ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् । शुभ लक्ष्मी कोषका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन १६ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij