काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।आज सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ऐतिहासिक उचाई कायम गरेको हो । मंगलबार चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij