काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मुल्य तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सोमबार चाँदीको मुल्य भने स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। आइतबार दी तोलामा २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij