२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकहरूलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय थपियो

बैंकहरूलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय थपियो

1.7K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय सीमा बढाएको छ । त्रैमासिक वित्तीय विवरण ७ दिनभित्र प्रकाशित गर्नुपर्ने समय सीमा रहेकोमा बुधबारको सर्कुलरमार्फत राष्ट्र बैंकले त्यसलाई बढाएर १५ दिन पुर्याएको छ ।

त्यसैगरी चौथो त्रैमासिक वित्तीय विवरण भने आर्थिक समाप्त भएको ३० दिनभित्र प्रकाशित गरे पुग्ने भएको छ । यसअघि आव समाप्त भएको २१ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो।

‘बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ’ निर्देशनमा भनिएको छ ‘साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij