काठमाडौं – स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावरको आइपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर समेत गरी जम्मा ८१लाख ५६ हजार ९७ कित्ता आइपीओ सूचीकृत भएको हो ।
कम्पनीलाई नेप्सेले ‘टीटीएल’ कारोबार संकेत प्रदान गरेको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले गत असार १ गते कम्पनीको आईपीओ बाँडफाँड गरेको थियो।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १२३.०९ रुपैयाँदेखि ३६९.२७ रुपैयाँको रेन्ज तोकेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij