काठमाडौं- माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिका–७, कुमारीगाल स्थित सर्बोत्कृष्ट श्री श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग स्वरुप आज मिति २०८२ असार ३१ गते हस्तान्तरण गरीएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामग्री हस्तान्तरण समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष श्री विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द्र मालाकारले विद्यालयका प्रधानाध्यापक श्री नारायण प्रसाद नेपाललाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयलाई छनोट गरी प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै उक्त सहयोगले डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, सामुदायिक शैक्षिक अवस्था प्रवद्र्धन गर्ने यस्ता पहलहरुलाई निरन्तरता दिदै जाओस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
माछापुच्छ«े क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र वित्तीय साक्षरताका क्षेत्रमा विभिन्न संघ–संस्थाहरुलाई निरन्तर सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij