काठमाडौं – आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रु.२३ अर्ब ६३ करोड बराबरको बोनस सेयर, रु.२२ अर्ब ४० करोड बराबरको साधारण सेयर, रु.१२ अर्ब १५ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.११ करोड २० लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु.६३ अर्ब ५० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर, रु.१३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.८ अर्ब ४२ करोड बराबरको डिबेन्चर र रु.२ अर्ब ७५ करोड बराबरको साधारण सेयर गरी कुल रु.३९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij