२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

765
Shares

कैलाली – बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छीन् ।

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेकी हुन । पटक–पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरीन ।

हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक रु ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उहाँले बताउनुभयो । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उहाँले जानकारी दिइन ।

रासससँग सङ्क्षिप्त कुरा गर्दै उहाँले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताउनुभयो । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सम्झन्छीन् । सहकारीको सहयोगको पनि उनले सराहना गरीन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij