काठमाडौं – नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागी नियुक्त मानार्थ वाणिज्यदूत श्री प्रदिप कुमार श्रेष्ठले असरा १० गतेका दिन ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रम बीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम प्राèयापक अनिल सुकलाल र उनकी श्रीमती डा.निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरेका छन् ।
सो भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा छलफल सम्पन्न गर्नुभएको थियो । त्यस्तै, उनीहरूले नेपाल
र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij