काठमाडौ – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको नाममा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा यो संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार ९ गते) बाट ३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij