काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायकको लाईसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले
पेवेल नेपाल प्रा. लि. तथा सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि. लाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको हो।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी पेवेल नेपाल प्रा. लिलाई २०७७/०६/११ र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लिलाई २०७७/१२/१७) गते लाईसेन्स दिएको थियो ।
तर यी दुई कम्पनीले भुक्तानी तथा फस्र्यौट ऐन २०७५, भुक्तानी तथा फछ्यौट विनियमावली २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएकोले लाईसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको आज असार ५ गते बसेको संचालक समितिको बैठकले भुक्तानी तथा फर्म्याट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij