२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज होल्डिङ्स प्रिमियम मूल्यमा शेयर बिक्री गर्दै

सनराइज होल्डिङ्स प्रिमियम मूल्यमा शेयर बिक्री गर्दै

600
Shares

काठमाडौं – सनराइज होल्डिङ्स लिमिटेडले प्रिमियम मूल्यमा साधारण शेयर बिक्रीमा राखेको छ। कम्पनी सञ्चालक समितिको निर्णयबमोजिम कम्पनीको १४ लाख कित्ता शेयर आज जेठ २३ गतेबाट बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। जसमा अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरिएको छ।

यो शेयर कम्पनीका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको हो। संस्थापक शेयरधनीहरुले २१ दिनभित्र शेयर खरिदका लागि कम्पनीको सञ्चालक समितिसमक्ष निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij