२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स पावरले हकप्रद निष्कासनका लागि तोक्यो बुक क्लोज मिति

पिपुल्स पावरले हकप्रद निष्कासनका लागि तोक्यो बुक क्लोज मिति

1.1K
Shares

काठमाडौं – पिपुल्स पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीले हकप्रद शेयर जारी गर्न आउँदो असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असार १ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्डले गत जेठ २ गते हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो। धितोपत्र बोर्डले पिपुल्स पावरलाई हाल कायम चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ३१ करोड ६३ लाख रुपैयाँबराबरको १०० अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता शेयर बिक्री खुला गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij