२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन क्षेत्र सुधार्न विधेयक जरूरी पर्‍यो : मन्त्री पाण्डे

पर्यटन क्षेत्र सुधार्न विधेयक जरूरी पर्‍यो : मन्त्री पाण्डे

1.1K
Shares

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१’ पर्यटन क्षेत्र सुधारका लागि जरूरी भएको बताएका छन ।

राष्ट्रियसभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको स्पष्ट पारे ।

उक्त विधेयकमाथि सदस्य डा अञ्जान शाक्य, गङ्गाकुमारी बेल्वासे, किरणबाबु श्रेष्ठ, तारामान सुवार, सुरेशकुमार आलेमगर, गोपीबहादुर अछामी, तुलसाकुमारी दाहाललगायतले नेपाल प्राकृतिक हिसाबले सुन्दरता, पर्यटन क्षेत्रको दिगो विकास राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्‍याउनुपर्ने धारणा राखे ।

मन्त्री पाण्डेले उक्त विधेयकमाथिको छलफलपछि नेपालको प्राकृतिक र सांस्कृति दृष्टिकोणले निकै सम्भावनाका क्षेत्र रहेको उल्लेख गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट पर्यटन प्रवर्द्धन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त प्रस्ताव समितिको सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि संशोधन राख्न चाहने सदस्यहरूले विधेयक शाखामा गएर संशोधन राख्न सकिने जानकारी गराए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते बुधबार १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij