२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले लिए पद तथा गोपनीयताको सपथ

735
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ ग्रहण गरेका हुन्।

बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। गत चैत २४ गते महाप्रसाद अधिकारीले अनिवार्य अवकाश पाएपछि गभर्नर पद रिक्त रहेको थियो।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका पौडेलले अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का समेत आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्। पौडेलले अब ५ वर्ष गभर्नरका रुपमा काम गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij