काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार, यस्तो सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको हो।
त्यसैगरी आइतबार चाँदीको मूल्य भने गत शुक्रबार कायम मूल्यमा नै कारोबार हुने भएको छ।आज चाँदीको मूल्य तोलाको १ हजार ९४५ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij