२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अनुचित व्यापार अझ सामान्य हुने दक्षिण कोरियाली मन्त्रीको चेतावनी

अनुचित व्यापार अझ सामान्य हुने दक्षिण कोरियाली मन्त्रीको चेतावनी

1.2K
Shares
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी इस्पात र एल्युमिनियममा लगाइएको भन्सार शुल्कबाट सिओल प्रभावित भएपछि दक्षिण कोरियाले ‘अनुचित व्यापार अभ्यासहरू’ अझ बढी सामान्य हुने अपेक्षा गरेको व्यापार, उद्योग र ऊर्जामन्त्री आन डक–गेउनले बिहीबार बताउनुभएको छ । उहाँले यसले दृढ कारबाही आवश्यक पर्ने बताए।
सिओलको प्रयासका बावजुद कुनै छुट नदिइकन यी धातुहरूमा अमेरिकाको तीव्र २५ प्रतिशत भन्सार शुल्क बुधबारदेखि लागू भएको छ ।
गत वर्ष दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकामा तीन अर्ब २० करोड अर्ब डलरको इस्पात ढुवानी गरेको थियो । यो अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनको तथ्याङ्कअनुसार समग्रमा छैटौँ स्थानमा रहेको थियो ।
मुलुकको ६० करोड डलरको एल्युमिनियम निर्यातले देशलाई अमेरिकी आपूर्तिकर्ताहरूमध्ये चौथो स्थानमा राखेको थियो ।
“अनुचित व्यापार अभ्यासहरू बारम्बार हुने अपेक्षा गरिएको छ र सरकारले दृढतापूर्वक प्रतिक्रिया दिनेछ”, मन्त्री आनले प्रमुख इस्पात कम्पनीहरूसँगको बैठकमा भने, “हामीले डम्पिङ र इस्पात आयातको अनुगमनसहित व्यापार रक्षा प्रणालीहरू सुदृढ गर्न काम गरिरहेका छौँ ।”
“उच्च स्तरको अनिश्चिततालाई ध्यानमा राख्दै, म तपाईंलाई उच्च–मूल्य–थपिएका उत्पादनहरूमा केन्द्रित अग्रगामी लगानी र निर्यात रणनीतिहरू विचार गर्न आग्रह गर्दछु”, आनले कम्पनीहरूलाई आफ्ना रणनीतिहरू परिवर्तन गर्न आग्रह गर्दै भने, “सरकारले पनि यस दिशामा आफ्नो समर्थन केन्द्रित गर्नेछ ।”
दक्षिण कोरियाको व्यापार मन्त्रालयले ‘अनुचित इस्पात आयात र व्यापार मुद्दाहरूलाई सम्बोधन गर्ने’ रणनीति मार्चमा विकास गरी अन्तिम रूप दिइने बताएको छ ।
सिओलका अर्का व्यापारमन्त्री बिहीबार वासिङ्टन जानुभयो र उहाँले ‘देशमाथिको आर्थिक प्रतिबन्धहरू कम गर्न वार्ता गर्ने’ बताए ।
“दक्षिण कोरिया संयुक्त राज्य अमेरिकाको आर्थिक सुरक्षा नीतिहरूसँग सबैभन्दा संलग्न साझेदारहरू मध्ये एक हो भन्ने कुरामा जोड दिने योजना थियो”, चेओङ इन–क्योले प्रस्थान गर्नुअघि बिहीबार पत्रकारहरूलाई भने।
गत हप्ता ट्रम्पले अन्य देशहरूसँगै दक्षिण कोरियालाई ‘अनुचित’ अभ्यासहरूका लागि आलोचना गर्दै सियोलको ‘औसत भन्सार शुल्क अमेरिकी आयात करको तुलनामा चार गुणा बढी’ रहेको बताएका थिए ।
उहाँले वासिङ्टनले आणविक–सशस्त्र उत्तर कोरियाविरुद्ध आंशिक रूपमा सुरक्षा दिन त्यहाँ तैनाथ अमेरिकी सैनिकहरूको दशौँ हजारको उल्लेख गर्दै दक्षिण कोरियालाई ‘सैन्य रूपमा यति धेरै मद्दत’ दिएको भनेर गुनासो गरे ।
ट्रम्पको सम्बोधनको केही घण्टापछि, दक्षिण कोरियाको व्यापार मन्त्रालयले द्विपक्षीय मुक्त–व्यापार सम्झौताका कारणले ‘संयुक्त राज्य अमेरिकाबाट दक्षिण कोरियामा आयातमा भन्सार शुल्क प्रभावकारी रूपमा शून्य प्रतिशतको नजिक छ’ शीर्षकसहितको विज्ञप्ति जारी गरेको थियो ।
वासिङ्टनका अनुसार सन् २०२४ मा दक्षिण कोरियामा अमेरिकी निर्यात ६५ अर्ब ५० करोड डलर थियो । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव सात प्रतिशतले बढेको छ भने आयात १३ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ५० करोड अर्ब डलर पुगेको छ ।
कार र अटोमोबाइल पार्ट्सले संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको निर्यातको लगभग एक तिहाइ हिस्सा बनाउँछ भने पेट्रोलियम र धातुहरू देशबाट सबैभन्दा ठूलो आयात हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij