२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकाले फर्काइदिएका नेपाली ‘सोधपुछ’का लागि प्रहरी जिम्मामा

अमेरिकाले फर्काइदिएका नेपाली ‘सोधपुछ’का लागि प्रहरी जिम्मामा

940
Shares

काठमाडौं – आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडाँै आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे

यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उनीहरुलाई पठायौँ”, अधिकृत अर्यालले भने, “चार्टट विमानबाट आएका आठ जनाका सम्बन्धमा नेपाल प्रहरीले सोधपुछका लागि पठाइदिन आग्रह गरेकाले प्रहरीको जिम्मा लगाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij