काठमाडौं – पूर्वन्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन ।
उनी २०६५ सालमा अवकासमा गएकी थिइन्। श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij