२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ हुने

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ हुने

930
Shares

काठमाडौं राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ । महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनले सङ्गठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । उनले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं समसामयिक विषयमा छलफल हुने बताए । उनले भने, “राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij