२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

745
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अध्यक्षमा पंज्ञानी नियुक्त भएका हुन् ।

साथै उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसकेको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए ।

पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको सञ्चालक बनेका थिए । उनी अर्थमन्त्रालयमा प्रशासन विभागमा सहसचिव पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij