२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ३ करोड ५८ लाख

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ३ करोड ५८ लाख

880
Shares

काठमाडौं – साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको बिक्री आम्दानी ४ अर्ब ५८ लाख ३५ हजार रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.२६ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको वित्तीय खर्च ८७.२७ प्रतिशत घटेका कारण बिक्री आम्दानीको तुलनामा खुद नाफाको गिरावट दर कम भएको हो।

३२ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ सञ्चित छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ६३ पैसा घटेर २२ रुपैयाँ ५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३८४ रुपैयाँ ३० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४३.८९ गणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij