काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल अवस्थित रहेको खुशिबु शाखा कार्यालय स्थानान्तरण गरेको छ। बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुशिबुमा रहेको शाखा कार्यालय सोही वडाभित्र करिब ९० मिटर पश्चिममा आइतबार स्थानान्तरण गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे। यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए। खुशिबु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको छ।
हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij