२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरको खुद नाफा बढ्यो

अपि पावरको खुद नाफा बढ्यो

590
Shares

काठमाडौं  – अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा २१ लाख ४३ हजार रुपैयाँ मात्र थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.३८ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३३.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२९.११ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५७.९९ प्रतिशत बढेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij