काठमाडौं – साताको अन्तिम कारोबारका दिन विहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अकंले घटेर २६९९.८१ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको शेयर कारोबार भएको छ ।
यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटेको छ । आज फाइनान्स समूहको १.५८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६० वटाको घटेको छ। विहिबार ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij