२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोर्दी खोला जलविद्युतको हकप्रद स्वीकृत

दोर्दी खोला जलविद्युतको हकप्रद स्वीकृत

940
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न  अनुमति दिएको छ। बोर्डले कम्पनीले माघ २२ गते हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो।

दोर्दी खोला जलविद्युत कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो।

यससँगै कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद साधारण शेयर निष्कासन गर्न बाटो खुलेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij