काठमाडौं – काठमाडौंको कमलपोखरी क्षेत्रमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । कमलपोखरी स्थित सानदार मःम पसलमा आज बिहान ग्याँस सिलिण्डर विस्फोट भएको हो।
सोही पसलमा काम गर्ने ११ जना घाइते भएका छन् । ११ जनालाई अस्पताल लगिएको छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij