२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

1.4K
Shares

काठमाडौं – मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको छ । बिक्रीमा ल्याएको २६ हजार ५४९ कित्ता शेयरमध्ये १८ हजार कित्ता शेयर संस्थापक शेयरधनी दिलिप श्रीवास्तव र ८ हजार ५४९ कित्ता शेयर अर्का संस्थापक शेयरधनी वासना केसीको नाममा रहेको छ।

यसअघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर सस्थाले तोकिएको अवधिसम्म कुनै पनि संस्थापकबाट आवेदन प्राप्त नभएपछि अब भने संस्थापक सहित सर्वसाधारणले समेत किन्न पाउने गरी उक्त शेयर पुनः बिक्रीमा राखिएको हो।

लगानीकर्ताले कम्पनीको सेयरमा १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij