२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एसिया बैंकलाई राष्ट्र बैंकको कारबाही

एनआईसी एसिया बैंकलाई राष्ट्र बैंकको कारबाही

590
Shares

काठमाडौं – एनआईसी एसिया बैंकमा पछिल्लो समय व्यवस्थापनमा कमजोरी देखिएको छ ।  चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा एनआईसी एसिया बैंकलाई कारबाही गरेको हो । कुनै समय देशको पहिलो ठुलो बैंकको रुपमा चर्चा कमाएको बैंक पछिल्लो समय सबै वित्तिय सूचकमा कमजोर देखिएको छ । विभिन्न चार कमजोरी देखाउँदै नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ । राष्ट्र बैंकको निर्देशन विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले एनआईसी एशियालाई कारबाही गरेको हो ।

बैंकले जनविश्वास गुमाउँदै गएको छ । नाफामा भारी गिराउट आउनुका साथै खराव कर्जा बढ्दै गएको छ ।  एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा (एनपीएल) मा चुर्लुम्म डुबेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९२.०३ प्रतिशतको गिरावट आएको छ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर १.४७ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ०.५८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ४८ करोड रुपैयाँमात्रै थियो। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.०४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २५.५९ रुपैयाँ थियो। पीई रेसियो १२५.११ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा उल्लेख्य घट्न पुगेको हो।

चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर १७ अर्ब ४१ करोड २९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १७ अर्ब २६ करोड ८९ लाख रुपैयाँ थियो।

बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनको कारण बैंकमा संकट गरिहदै गएको छ । नेपाल राष्ट्र बैङ्कको यो कारबाहीले बैंकको व्यवस्थापनमा चरम लापरबाही भएको देखिन्छ ।बैंकमा सबैभन्दा ठुलो बदमासी आफ्नालाई धेरै ब्याज र अन्य बचतकर्तालाई कम व्याज दिएको पाइएको छ । साथै मुद्धती खाता खोल्दा पुरानो मिति राखेर खोले पनि देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपाने, अध्यक्ष तुलशीराम अग्रवाल, सञ्चालकहरु त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाईलाई कारबाही गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेका कारण बैंक डुब्न लागेको लगानीकर्ताहरुले आलोचना गर्न थालेका छन् ।

बैंकमा पछिल्लो समय काण्डै काण्डलृ भरिएको छ । बैंक भित्रको व्यथिती बाहिरिन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij