२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

840
Shares

काठमाडौं – सानिमा बैंक लिमिटेडले सर्वसाधारणले किन्न पाउने गरी  ४९ हजार ५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । शेयरको न्यूनतम मूल्य भने प्रतिकित्ता १४५ रुपियाँ तोकिएको छ ।

यो शेयर संस्थापक शेयरधनीलगायत जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ ।

इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित आफूले खरिद गर्ने शेयरको मूल्यसमेत खुलाई १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij