२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सार्वजनिक यातायातको भाडा बढ्यो

सार्वजनिक यातायातको भाडा बढ्यो

1.4K
Shares

काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले सोमबारदेखि नै लागु हुने गरी यात्रुबाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको छ।

मालबाहक सवारीको भने तराइ र पहाडी बाटोको लागि छुट्टाछुट्टै दरमा भाडा बढाइएको छ। तराइको बाटोको लागि साविकको भाडामा ०.०५ प्रतिशत र पहाडी बाटोको लागि ०.८१ प्रतिशतले भाडा बढाइएको हो।

दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जनाएको हो। भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गत पुस ११ मा विभागलाई सहमति दिएका थिए।

पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतसम्म घटबढ भएपछि स्वत: भाडा समायोजन गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij