२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच सम्झौता

नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच सम्झौता

895
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेड र क्रिस्टल डायग्नोस्टिकबीच सम्झौता सम्पन्न भएको छ। शुक्रबार उक्त बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्याबको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकको तर्फबाट प्रबन्ध निर्देशक रबिन्द्र के.सीले हस्ताक्षर गरे।

यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने जेनेरल प्याथोलोजी टेस्ट, मोलेक्युलर टेस्ट, आउटसोर्सिङ टेस्ट, युएसजी, इसिजी, इसिएचओ, एक्स रे लयायतका स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij