२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिविफिनको अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत चयन, समितिमा को-को आए ?

सिविफिनको अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत चयन, समितिमा को-को आए ?

1.1K
Shares

काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत चयन भएका छन्। शुक्रबार पुस १९ गते सम्पन्न साधारण सभाले उनलाई दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो। उनी नबिल बैंकका अध्यक्ष समेत रहेका छन् ।
सीबीफीनको पाँचौ वार्षिक साधारण सभाले पौड्यालको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । सीबीफीनको वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्याय (महालक्ष्मी विकास बैंक), उपाध्यक्षमा कुश प्रसाद मल्ली (रिलायन्स फाइनान्स), महासचिवमा प्रचण्ड बहादुर श्रेष्ठ (हिमालयन बैंक), कोषाध्यक्षमा तुलसीराम अग्रवाल (एनआईसी बैंक), सह–कोषाध्यक्षमा गौरव बुढाथोकी (गोर्खा फाइनान्स) चयन भएका छन् ।

तर, सीबीफीनको सचिव पदका लागि भने निर्वाचन हुँदा थानेश्वर पौडेल निर्वाचित भएका छन् । उनी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष हुन् । उनले एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्र कुमार गोयललाई पराजित गरेका हुन् । पौडेल ३२ मत प्राप्त गरि सचिवमा निर्वाचित भएका हुन् । तर, गोयलले भने २३ मत प्राप्त गरेका थिए । कुल ५५ मत खसेको थियो ।

सीबीफीनको कार्यसमिति सदस्यमा राजाराम खड्का (कुमारी बैंक), डा.बाल गोपाल वैद्य (एभरेष्ट बैंक), लिला प्रकाश सिटौला (प्रभु बैंक), मनोज कुमार गोयल (एनएमबी बैंक), डा. चन्द्र बहादुर अधिकारी (नेपाल बैंक), राधेश पन्त (ग्लोबल आइएमई बैंक), रमण नेपाल (लक्ष्मी सनराइज बैंक), सुदीप आचार्य (कामना सेवा विकास बैंक), चिन्तामणि भट्टराई (लुम्बिनी विकास बैंक) र लक्ष्मी प्रसाद मर्हजन (प्रोग्रेसिभ फाइनान्स) चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij