२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

715
Shares

काठमाडौं – नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन्। नबिल बैंक र भिभान्ता होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो। नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले समझदारीमा हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटिएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ। यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ। नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने भिभान्ता होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो।

भिभान्ता होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ। ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ।

बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij