२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

1.3K
Shares

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । यद्यपि बिक्रीमा राखिएको कित्ता भने खुलाइएको छैन ।

बैंकले हाल कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij