२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १३.५३ अकंले घट्यो, ४ अर्ब ५१ करोडको कारोबार

नेप्से १३.५३ अकंले घट्यो, ४ अर्ब ५१ करोडको कारोबार

1.2K
Shares

काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५३ अकंले घटेर २५८३.२९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोडको शेयर कारोबार भएको हो ।

आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनिको मुल्य भने स्थिर रहेको छ ।

यसदिन ११ उपसूचक राताम्य रहेका छन् । आज बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंक समूहको २.०५ प्रतिशत, फाइनान्स समूहको १.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिभर फल्स पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij