२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

895
Shares

काठमाडौं – नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

कोषले हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ७ प्रतिशत बोनस शेयर रहेको छ भने ६ प्रतिशत नगद लाभांश रहेको छ ।

कोषको पुस ७ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। अर्थमन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij