२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेष्डो समृद्ध लघुवित्तको लाभांश घोषणा

नेष्डो समृद्ध लघुवित्तको लाभांश घोषणा

960
Shares

काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij