काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेड को सातौं वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीको सभा पुष २६ गते मैतीदेवीस्थित वैभव पार्टी भेन्यूमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो ।
सभामा गत आवको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण हुनेछ । कम्पनीले शेयरधनीको हात खाली बनाएको छ । अर्थात सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले पुष १४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij