काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिएका वित्तीय विवरणहरुमा बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij