२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भृकुटीमण्डपमा चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो सुरु, एक्सो १५ गतेसम्म चल्ने

भृकुटीमण्डपमा चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो सुरु, एक्सो १५ गतेसम्म चल्ने

510
Shares

काठमाडौं – आजबाट काठमाडौंको भृकुटी मण्डपमा अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी  “चौथो प्लास्ट नेपाल २०२४”  एक्स्पो सुरु भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक्स्पोको उद्घाटन गरेका छन् ।
एक्स्पोको आयोजना प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएको उद्योगहरूको सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले गरेको हो । एक्स्पो १५ गते सम्म चल्ने छ । यस मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा सेवा प्रदायकहरुको सहभागिता रहेको छ । १५० भन्दा बढि स्टल रहेका छन् । उद्घाटन कार्यक्रममा विभिन्न व्यवसायीक संघसगठनको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भण्डारीले उद्योगीको समस्या हल गर्दै लगानीको वातावरण बनाउन राज्य लागेको बताए । उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्दै नीजि क्षेत्रको पनि सहभागीता गराएको बताए ।  साथै यो स्थिर सरकारले कानुनमा देखिएका समस्या समाधान गर्दै लगानी आउने वातावरण सृजना हुने बताए । अहिले अन्तर सरकारी निकायमा देखिएको समन्वयको अभावले यो सरकारले समाधान गर्ने पनि बताए । प्लास्टिकजन्य बस्तुले वातावरणमा पार्ने प्रभावले न्युनिकरण गर्दै यसको उद्योगमो प्रर्वद्धन गर्नु पर्ने बताए ।

मन्त्री भण्डारीले नेपालमा लगानीको वातावरण रहेको कन्ट्री रेटिङले पनि त्यो कुरा प्रमाणित गरेको बताए । पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उनले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले भने, ‘पुँजी बजारलाई बढाउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ, व्यापार घाटा न्यून गर्नुपर्ने छ, नविनतम प्रविधि भित्र्याउनुपर्ने छ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छ ।’ उनले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताए ।

स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उनको भनाइ छ । नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उनले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गरे ।

प्लास्ट नेपाल फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले नेपालमा ८०० उद्योगले वार्षिक ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै आएको बताए । ‘गैरनाफामुलक रूपमा खोलिएको यस संस्थामा सुरुमा ६५ उद्योगी सहभागी थिए,’ श्रेष्ठले भने– ‘एक लाखभन्दा बढिले रोजगारी पाएका छन् । ९० प्रतिशत प्लास्टिक उत्पादन गरिरहेको छ ।’ प्लास्टिकले वातावरण प्रदूषण मात्रै नभएर जोगाएको बताए । प्राविधिक टेक्नोलोजीका मार्फत उत्पादन गरिएको प्लास्टिकले वातावरण असर नगर्ने उनको भनाइ छ । उनले भारतबाट खुला सीमाका कारण न्यून गुणस्तरको प्लास्टिक आयात भइरहेको र नेपालमा उत्पादित वस्तु बिक्री नभइरहेको बताए । सरकारले सीमामा कडा व्यवस्था गरी आयात रोक्नुपर्ने उनको भनाई थियो ।
नेपालमा रोजगारीको अवसर सृजना गर्न प्लास्टिक उद्योगको ठुलो भुमिका रहेको पनि उनले स्पष्ट पारे । राज्यले प्लास्टिक उद्योगको समस्या बुझिदिनु पर्ने उनको भनाई थियो ।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले एक्पोबाट व्यवसाय बृद्धिका लागि सहयोग पुग्ने विश्वास लिएको बताए । दैनिक जीवनमा नभइ नहुने प्लास्टिक जन्य उद्योगलाई राज्यले हेर्नु पर्ने उनको धारणा थियो । उनले भने वातावरण जोगाउन भुमिका खेलेको छ । साथै उद्योग सञ्चालनका लागि भएका समस्या समाधान गर्न उद्योग मन्त्रालयले पहल गर्नु पर्ने बताए ।

 

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवाले नेपाली उत्पादनमा आवश्यक सम्पूर्ण कच्चापदार्थ आयातमा भन्सार दर घटाइनुपर्ने माग गरे। उनले प्लास्टिक उत्पादन क्षेत्रका लागि नेपालमा वातावरणमुखी नीति ल्याउनुपर्ने बताए ।
नेपाल परिसंघका अध्यक्ष राजेश अग्रवालले प्लास्टिकजन्य वस्तुलाई पुनः प्रयोग गर्न सकिने भएकाले नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गर्न आग्रह गरे । ‘नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गरे प्लास्टिकका कच्चा पदार्थ आयातमा कमी आउँछ। र देशको व्यापार घाटा कम हुने देखिन्छ,’ अध्यक्ष अग्रवालले भने । यसले देशलाई नै फाइदा पुग्ने बताए । साथै उनले अन्य मुलुकमा पुनः प्रयोग ४० प्रतिशत भन्दा माथि रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले प्लास्टिक आयात प्रतिस्थापन गरी उत्पादनमा जोड दिनुपर्ने बताए । अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताए ।
बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानुन संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

उनले हाल निजी क्षेत्रका अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेकाले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने धारणा राखे ।
उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा प्लास्टिक प्रयोग बढ्दो रूपमा रहेको र यसले वातावरणमा असर पारिरहेको बताए । त्यस तर्फपनि ध्यान दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij