यस कम्पनी नेपाली पेन्ट्स कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।
काठमाडौं – जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एंव नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का लाई आफ्नो सद्भावना दुतको रुपमा नियुक्त गरेको छ । स्वदेशी उत्पादनहरुलाई थप ससक्त र बजारीकरण गर्नका लागि ब्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अबस्थामा कम्पनीले आफ्नो उत्पादनहरुलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ उनलाई सद्भावना दुत बनाएको जनाएको छ ।
पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरुको चाहना र भावना लाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अबस्थामा खेल र खेलाडीहरुलाई पनि थप प्रोत्साहन गर्ने उदेश्यका साथ खड्कासंग सहकार्यकालागि हातहरु अगाडी बढाएको कम्पनीले उल्लेख गरेको छ।
यस सहकार्यले नेपाली खेलकुदका साथ-साथै कम्पनीका उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ । यस सहकार्यले सम्पूर्ण ग्राहकहरु तथा खेल प्रेमी नेपालीहरुको चाहना र भावनाको कदर गरेको महसुस भएको कम्पनीले उल्लेख गरेको छ ।
यस कम्पनी नेपाली पेन्ट्स कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij