२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

905
Shares

काठमाडौं – सोल्टी होटल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले भोल (मंसिर १३ गते) बुक क्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सोल्टी होटलले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २६.८४ प्रतिशत नगद लाभांश (कर समेत) ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ।
लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते, नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा ५० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij