काठमाडौं – कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १ गते धुलिखेलको होटेल सारथीमा सभा आह्वान गरेको हो ।
कम्पनीको सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने छन् ।
कम्पनीले यस अघि नै आईपीओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।