काठमाडौं -नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २४ गते सोमबार काभ्रेको बनेपामा साधारणसभा बोलाएको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १८ देखि मङ्सिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij