२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषको खुद नाफा १३.६३ प्रतिशतले बढ्यो

नागरिक लगानी कोषको खुद नाफा १३.६३ प्रतिशतले बढ्यो

1K
Shares

काठमाडौं-  नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १३.६३  प्रतिशतले बढेको छ।

पहिलो त्रैमासमा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो ।

कम्पनीको कुल आम्दानी ४५ करोड ९१ लाखबाट बढेर ५१ करोड ७० लाख पुगेको छ।कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटे पनि सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढ्दा खुद नाफा बढेको देखिन्छ ।

कोषको चुक्ता पुँजीमा १४ प्रतिशत वृद्धि भई ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यता जगेडा कोषमा भने २१.५६ प्रतिशत कमी आई १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँमा झरेको छ। कोषको प्रतिसेयर आम्दानी १९.८७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij